
काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्क बिहीन भएको छ ।
आज (आइतबार) बिहान ९:५५ बजे पोखराबाट उडेको नाइन एनएइटी ट्वीनअटरकाे विमान घोडेपानी माथिसम्म पुग्दा सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क बिहीन भएकाे पोखरा विमानस्थल स्रोतले जनाएको छ । विमानमा चालक दलसहित १९ जना रहेको बुझिएको छ ।
विमान सम्पर्क बिहीन भएपछि घोडेपानी भन्दा परको खोंचमा खोजी कार्य भईरहेको पनि विमानस्थलका अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्