१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युवालाई धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने


3.601k
Shares

काठमाडौं । सरकारले युवा स्टार्टअप कार्यक्रम अन्र्तगत युवालाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताउनुभएको हो ।

त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँले स्थानीय तह, बैंक तथा वित्तिय संस्थाहरु सँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पुरा गर्ने व्यवस्था मिलाइने पनि बताउनुभयो । मन्त्री शर्माले खेल पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराउनुभयो ।