
काठमाडौं । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटलाई सकारात्मक रुपमा लिएको छ ।
बजेट भाषणपछि संसद भवन परिसरमा रहेका निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटले आफूहरुमा उत्साह थपेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफूहरुले दिएको सुझावका धेरै विषयहरु समेटिएको भन्दै निर्यातलाई प्राथमिकता दिन खोजेको बताउनुभयो ।
बजेटमा आएका विषयहरू कार्यान्वयन भएका निजी क्षेत्र र समग्र देशको अर्थतन्त्रको लागि सकारात्मक हुने उहाँको भनाइ छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले एफडिआईको थ्रेसहोल्ड ५ करोडबाट हटाएर २ करोडमा ल्याउनु सकारात्मक रहेको बताउनुभयो ।
उद्योगलाई ५० बिगा जमिन भाडामा दिने, निजी क्षेत्रको सहकार्यमा उद्योग क्षेत्र र ग्राम निर्माण गर्ने, रुघ्न उद्योगलाई सहयोग गर्ने, मासिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्नेलाई छुट दिने लगायतका विषय सकारात्मह रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्