२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत कर छुट


468
Shares

काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा लाग्दै आएको करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

सरकारको सो घोषणाले स्यानिटरी प्याडको मूल्य उल्लेख्य घट्ने छ ।

अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको कर घटाउनुका साथै नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि १ प्रतिशतमात्रै भन्सार लाग्ने बताउनुभयो ।

बजेटमा सरकारी निकायले वितरण गर्ने स्यानिटरी प्याड अनिवार्य रुपमा स्वदेशी उत्पादन हुनुपर्ने उल्लेख छ ।