
काठमाडौं, बैशाख ४ । सरकारले चैत्र महिनामा विदेशबाट स्वदेश फर्केकाहरुलाई कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको हो ।
मन्त्रालयको सूचनामा चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका सबैलाई परीक्षणमा आउन भनिएको छ ।
मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई पनि र्यापिड टेस्ट गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्