१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘मिस एण्ड मिस्टर सुप्रानेशनल नेपाल २०२२’ को उपाधि शनिस र किसुले जिते


247
Shares

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस सुप्रानेशनल’ नेपाल २०२२ को ग्राण्ड फिनाले आइतबार सम्पन्न भएको छ ।

सनुर्भी इन्टरनेशनल प्रालिको प्रस्तुती रहेको प्रतियोगिताको अन्तिम नतिजा एक कार्यक्रमकाबीच आइतबार साँझ ईमेज च्यानलबाट सार्वजनिक गरिएको हो । होटल सोल्टीमा भएको सो कार्यक्रमको आइतबार साझ साँढे ७ बजे इमेज च्यानल एचडीबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रतियोगितामा सय जना प्रतियोगीहरू मध्येबाट छनौट भएर आएका २० जनाबीच प्रतिस्पर्धा हुँदा उक्त प्रतियोगितामा एक पुरुष र एक जना महिलालाई विजयी घोषित गरिएको हो ।

मिस्टर एण्ड मिस सुप्रानेशनल नेपाल २०२२ मा पुरुष तर्फको मिस्टर सुप्रानेशनल २०२२ को उपाधि शनिस श्रेष्ठले हात पारेका छन् भने मानुष कुमार राई फस्ट रनरप र अनिश कार्की सेकेन्ड रनर अप भएका छन् । त्यस्तै, महिलातर्फ मिस सुप्रानेशनल नेपाल २०२२ को उपाधि किसु खड्काले हात पारेकी छन् । फस्ट र सेकेन्ड रनरपमा क्रमश : अदिती बुढाथोकी र युभी तुलाधर रहेका छन् ।

उपाधि विजेता दुबैले जनही ७ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । ‘मिस एण्ड मिस्टर सुप्रानेशनल नेपाल २०२२’ विजेता पुरुषले आगामी जुलाई १५ र १६ मा पोल्याण्डमा आयोजना हुने ‘मिस्टर सुप्रानेशनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रानेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

सो कार्यक्रमको मिडिया पार्टनर इमेज च्यानल एचडी रहेको थियो । उक्त प्रतियोगिताको निर्णयक मण्डलमा पूर्व बैंकर एवं उद्योगी किशोर महर्जन, गायिक एवं उद्यमी सोना अमात्य, मिस्टर एण्ड मिस सुप्रानेशनल नेपालका राष्ट्रिय निर्देशक डा. सन्तोष उपाध्याय, अन्तर्राष्ट्रिय मिस सुप्रानेशनल प्रतियागिता संस्थाका क्रियटिभ डाइरेक्टर एण्डे्र सेल्ग, मिस्टर सुप्रानेशनल २०२१ का बिजेता भारो भार्गस र मिस सुप्रानेशनल थाइल्यान्ड २०१९ एन्टोनिया प्रोसील्ड रहेका थिए ।