
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले असार ६ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिले जेठ १२ गते बिहीबारसम्म उम्मेदवारको मनोनयन दर्ता गराएको थियो । एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले सार्वजनीक गरेको कार्यतालिका अनुसार आज प्रारम्भिक मतदाता नामावली प्रकाशन गरि गरिएको छ । मंगलबार अपरान्ह साढे ५ बजसम्म नामावलीउपर दाबी तथा विरोध गर्न पाइने समय निर्धारण गरिएको छ ।
जेठ १८ गते निर्वाचन समितिले मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने छ । जेठ १९ गते उम्मेदवारको योग्यता परिक्षणपश्चात प्रारम्भिक नामावली प्रकाशन गर्ने छ । निर्वाचन समितिले जेठ १९ गते उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोधको समय राखेको छ ।
जेठ २० गते उम्मेदवारी फिर्ता र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौंमा हुदैछ ।
नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्