
कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गर्नु भएको छ ।
उहाँले उपमहानगरपालिकामा सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा सुन्न र सुझाव सल्लाह लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गर्नुभएको छ ।
विकास निर्माणका काममा कतै गलत काम भएमा, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भए कल गरेमा आफु तुरुन्त कारवाहीको प्रक्रियामा जाने मेयर हमालले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्