२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सुदूरपश्चिम प्रदेशको १० औं अधिवेशन आजबाट सुरु


52
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशन सोमबार (आज)देखि सुरु भएको छ ।

अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सांसदहरुले प्रदेशसभाको यो बैठक अन्तिम भएकाले विगतका कमीकमजोरीलाई मुल्याङकन गदै आगामी वर्षको नीति तथा कार्यक्रम आउनु पर्ने बताएका छन् ।

पहिलो बैठकमा दलगत रुपमा शुभकामना आदान प्रदानका लागि विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य पठान सिंह बोहराले अहिलेसम्म प्रदेशसभाबाट बनेका कानूनहरु कार्यान्वयन महत्वपूर्ण पाटो भएको बताउनुभयो । उहाँले अहिलेसम्मको अभ्यासमा नीति तथा कार्यक्रम एक किसिमको आउने र बजेट फरक ढंगले आउने परिपाटी सुदूरपरिश्चम सरकारमा देखिएकाले त्यसको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।

सुदूरपश्चिममा कामभन्दा सरकार बढी परिर्वतन भएको भन्दै केही प्रदेशसभा सदस्यले चिन्ता व्यक्त गरेका छन् । प्रदेश सरकारले जुन रुपमा जनताको विश्वास जितेर अगाडि जान सक्नु पर्दथ्यो त्यो नभएको सांसदहरुको आरोप छ ।

बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश रावले बजेटको प्राथमिकरण र सिद्धान्तमाथि छलफलका लागि प्रतिवेदन पेश गर्नुभएको थियो ।