
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट नयाँ दृष्टिकोण र नयाँ दृढताको प्रस्थान बिन्दुको रुपमा रहेको बताउनुभएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले आगामी आर्थिक वर्षको बजेटलाई नयाँ दृष्टिकोण र नयाँ दृढताको रुपमा चित्रण गर्नुभएको हो ।
उहाँले बजेटले नीजि क्षेत्रलाई विकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको बताउनुभयो । उहाँले मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगालिएको भन्दै यसो हुनु सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गर्नुभयो ।
उहाँले स्थिरता, उत्पादनशीलता, रोजगारी वृद्धि तथा आफ्नै उत्पादन आफ्नै उपभोगको कुरा आउनु सह्रानिय भएको बताउनुभयो । वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेन्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु पनि राम्रो भएको उहाँले बताउनुभयो ।
उहाँले प्रविधि केन्द्रीत बजेट भएको पनि बताउनुभयो । शिक्षा र पूर्वाधारको क्षेत्रमा पनि धेरै कुराहरु समेटिएको भन्दै उहाँले बजेटको प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्