१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


जनता कांग्रेसलाई भोट हाल्न आतुर रहेका नेता पौडेलको दाबी


481
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता नेपाली कांग्रेसलाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मत परिणामले देखाएको दाबी गर्नुभएको छ ।

मंगलबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) को विद्यार्थी विभागले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा पौडेलले यस्तो बताउनुभएको हो । पौडेलले भन्नुभयो – ‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता कांग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ । प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ । जनजिविकाका मुद्दाहरुलाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ ।’उहाँले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामना दिदैं जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

आगामी प्रदेश र संघीय निर्वाचनमा कांग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने पौडेलको भनाई थियो ।