
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी वरीयतामा नेपालकी कप्तान रुबिना क्षेत्रीसहित पाँच खेलाडी परेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अद्यावधिक गरेको पछिल्लो वरीयतामा नेपालका पाँच खेलाडी परेका हुन् ।
वरीयतामा कप्तान रुबिनासहित कविता कुँवर, सिता राना मगर, इन्दु वर्मा र ज्योति पाण्डे परेका छन् । टी–ट्वान्टी महिलाको ब्याटिङ वरीयतामा सिता ५२ औं स्थानमा रहेकी छन् ।
यस्तै, ज्योति पाण्डे ८० औं र इन्दु वर्मा ९९ औं स्थानमा रहेकी छन् । बलिङ वरीयतामा कविता कुँवर ६१ औं स्थानमा छिन् ।
कप्तान रुबिना बलिङ वरीयताको ७१ औं र सिता ७५ औं स्थानमा छिन् । आईसीसी महिला टी–ट्वान्टी राष्ट्रको वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्