
बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले सातामा दुई दिन बिदा नदिने भएको छ ।
नगरपालिकाले सरकारले गरेको सातामा दुई दिन बिदालाई मान्यता नदिने भएको हो ।
जेठ पहिलो साताबाट आइतबारका दिन बिदा थप गरेकोमा मंगलबार बसेको कार्यपालिकाको बैठकले साप्ताहिक दुई दिने बिदालाई कार्यन्वयन नगर्ने जनाएको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै दुई दिने बिदाले सेवाग्राहीका काम काजमा बाधा पुगेको भन्दै शनिबार बाहेक अन्य दिन नगरपालिका बन्द नगरिने राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्