
काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गर्नुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा विरोध गर्नुभएको हो ।
पाण्डेले बजेटले वृद्ध भत्ताको उमेर घटाए पनि त्यसको फाइदा गठबन्धनलाई नहुने टिप्पणी गर्नुभयो । वृद्धभत्ता एमालेको ब्रान्ड बनिसकेको बताउनु हुँदै उहाँले भन्नुभयो, ‘कांग्रेसको मेलमिलाप नीति, माअोवादीको जनयुद्धमा हाम्रो दाबी पुग्दैन । त्यसैगरी वृद्धभत्तामा अरु दलको दाबी पुग्दैन । उमेर घटाए पनि जनताले एमालेलाई नै धन्यवाद दिन्छन् । बरु वृद्धभत्ता ५ हजार पुर्याउने भन्नुभएको थियो । किन बढाउनुभएन भन्ने हाम्रो प्रश्न छ ?’
हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उहाँले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्