२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बजेट वितरणमुखी : दाहाल


13
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको आरोप लगाउनुभएको छ ।

जेठ १५ गते सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सामान्य छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले प्रश्तुत गरेको बजेट गठबन्धनको चुनावी घोषणापत्र जस्तै भएको बताउनुभयो । सदस्य दाहालले मुलुक भयानक आर्थिक शंकटमा भएको तर सरकारले शंकटलाई नदेखेको जस्तो गरेको बताउनुभयो । उहाँले बजेटमा विश्वसनीय श्रोतको व्यवस्था नभएको जिकिर गर्नुभयो ।

उहाँले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट अहिलेको आर्थिक समस्यालाई समाधान गर्नेतर्फ केन्द्रित नरहेको टिप्पणी गर्नुभयो ।