३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजारमा गिरावट जारी


611
Shares

काठमाडौं । शेयर बजारमा बुधबार पनि गिरावट जारी रह्यो ।

बजेट घोषणा पश्चात् लगातार उच्च दरले ओरालो लाग्दै आएको बजारमा यस दिन पनि ७ अंकको गिरावट आएर नेप्से २१ सय ३० मा आएर थामियो ।

कारोबार भने अर्ब हाराहारीमै सीमित रह्यो । सुरुवाती आधा घण्टा बजार उकालो लागेर २१ सय ५३ सम्म पुगेपनि बृद्धि धेरै समय टिक्न सकेन ।

यस दिन विकास बैंक, जलविद्युत र वित्त गरी तीन वटा उपसमूह सम्म सकारात्मक रहे । बाँकी समूह ओरालो लागे । दुबै बीमा समूह डेढ सय अंक हाराहारीले ओरालो लागे । व्यापार, उत्पादनमूलक र लघुवित्त समूह दोहोरो अंकले घट्दा अरु समूह सामान्य अंकले रातो रहेका हुन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको ३० लाख २० हजार कित्ता शेयर १ अर्ब ८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।