१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आइएमई पेको “रिफर एन्ड अर्न” योजनामा २५ रुपैयाँ बोनस


169
Shares

काठमाडौं । आइएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” योजना ल्याएको छ ।

यो योजना अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर गर्नुपर्नेछ । प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाइसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले २५ रुपैयाँ आफ्नो आइएमई पे वालेटमा पाउनेछन् ।

यसमा प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्नेछ । प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको “रिफर फ्रेन्ड” भागबाट रिफर कोड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

यो योजना ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने आइएमईले जनाएको छ ।