
काठमाडौं। एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत आफ्ना एक ग्राहकलाई घातक रोगको बीमा अन्तर्गत १० लाख भुक्तानी दिएको छ ।
बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत १० लाख रुपैंयाँ बीमा रकम भुक्तानी गरेको हो । खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको १० लाख रकम निजको परिवारलाई भुक्तानी दिएको हो । बैंकले गुजरातीका पति भगौती प्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत १ करोड ८० लाख, दुर्घटना बीमा वापत ३ करोड र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।
बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकमाझ ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्