१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गठबन्धन टुट्ने डरले प्रधानमन्त्री देउवा कात्तिकभित्र संघ र प्रदेशको चुनाव गर्ने पक्षमा : सिपी गजुरेल


364
Shares

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले गठबन्धन टुट्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको चुनाव गर्ने पक्षमा देखिएको जिकिर गर्नुभएको छ ।

पेट्रोलियम पदार्थलगायका दैनिक उपभोग्य बस्तुमा गरिएको मूल्यवृद्धिको विरोधमा आज काठमाडौंको माईतीघर मण्डलामा आयोजित विरोध प्रर्दशनमा उहाँले चुनाव जित्नका लागि जनतालाई खुसी बनाउने गरी सरकारले बजेट ल्याएको दावी गर्नुभयो ।

अध्यक्ष गजुरेलले चुनावमा धाँधली गरेर जित्न सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको तर्क गर्नुभयो । १५ प्रतिशत तलव वृद्धि कर्मचारीहरुलाई ‘घुस’ भएको उहाँको जिकीर थियो ।

अध्यक्ष गजुरेलले भारतीय विद्युतीय गाडी कम्पनीहरुसँग कमिशन खाएर सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै विद्युतीय गाडीको संचालनमा जोड दिने गरी बजेट ल्याएको आरोप पनि लगाउनुभयो ।