
काठमाडौं । होटल संघ नेपालले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न विशेष अभियान थालेको छ ।
संघले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा योगदान पुर्याउने लक्ष्यका साथ “क्याम्पेन टु इलिमिनेट सिंगल युज प्लाष्टिक फ्रम होटल रुम्स” अभियानको औपचारिक शुभारम्भ गरेको हो ।
आउँदो दुई वर्ष भित्र मुलुकभरका होटलमा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्ने अभियानको लक्ष्य छ । तत्काल प्रयोगममा कमी गर्दै दीर्घकालमा प्लास्टिकजन्य सामाग्रीको प्रयोग नहोस भन्ने हेतुले यो अभियान थालिएको आयोजकले बताएका छन् ।
विश्वमा जलवायु परिवर्तनको असरलाई नयूनीकरण गरी मानव जीवनमा पर्ने नकारात्मक प्रभावप्रति सचेत रहन आवश्यक रहेकोमा शुभारम्भमा सहभागीहरुले जोड दिएका थिए ।
संघले आफ्ना क्षेत्रीय संघका अध्यक्ष र कार्यकारी समितिका सदस्यसँग एक कार्यशालाको आयोजना गरी बैकल्पिक उत्पादन प्रदर्शन गरी सचेतना फैलाउने प्रतिवद्धता समेत गरेको छ ।
यसमा होमस्टे महासंघ र होटल महासंघले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष श्रृजना राणाले होटलहरुमा सन् २०२४ सम्ममा पूर्ण रुपमा प्लास्टिकजन्य वस्तुको विस्थापन गर्ने लक्ष्य रहेको बताउनुभयो ।
एक आँकडा अनुसार हरेक वर्ष करिब तीन सय मिलियन टन प्लस्टिक उत्पादन हुन्छ भने त्यसको आधा मात्र डिस्पोज हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्