१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा भक्तपुरका खत्री


130
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी भक्तपुरका माधव खत्रीले पाउनु भएको छ ।

हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई दिएको हो ।

पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिनु भएको छ ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाउनु भएका खत्री पार्टीको भक्तपुर जिल्ला अध्यक्ष हुनुहुन्छ ।