१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीको गाजरी बजारमा पुरुषको शव भेटियो


156
Shares

बैतडी । जिल्लाको सिगास गाउँपालिकामा एक पुरुषको शव भेटिएको छ ।

सिगास १ किनाराधुरा ५२ वर्षीय गगनसिंह धामीको शव स्थानीय गाजरी बजारमा फेला परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।