१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्मला पन्तको अनुसन्धान उच्च प्राथमिकतामा : प्रहरी प्रमुख सिंह


611
Shares

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले अहिलेसम्म सुल्झन नसकिरहेको निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

आफू प्रहरी प्रमुखमा नियुक्त भएको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उहाँले देशमा शान्ति सुरक्षा कायम गर्न जुनसुकै चुनौती मोल्न तयार रहेको स्पष्ट गर्नुभयो ।

आफ्नो नियुक्तिलगतै आइपरेको स्थानीय तहको निर्वाचन सफल गर्न नेपाल प्रहरी सफल भएको बताउनुभएको छ ।

पत्रकार भेटघाटमा उच्च ओहदाका प्रहरी अधिकारीहरुको पनि सहभागिता थियो ।