१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रभासलाई सुटिङमा रोक


7.592k
Shares

एजेन्सी । दक्षिण भारतका अभिनेता प्रभासलाई सुटिङमा रोक लगाइएको छ ।

‘सालार’ फिल्मको सुटिङ गरिरहेका प्रभासको तौल बढेपछि निर्देशक प्रशान्त नीलले फिल्म सुटिङ रोकेका हुन् । प्रभास लामो समयदेखि आफ्नो शरीरको तौललाई लिएर समस्यामा छन् ।

फिल्म ‘सालार’को केही सुटिङमा उनलाई सीजीआई प्रविधिबाट फिट देखाइए पनि अब भने निर्देशक नीलले कुनै पनि सम्झौता नगर्ने भन्दै सुटिङलाई रोकेका हुन् । प्रभास तौल घटाएपछि मात्रै फिल्मको सुटिङ हुनेछ ।

सुपरहिट फिल्म बाहुबलीपछि प्रभासका कुनै पनि चलचित्र ब्लकबस्टर हुन सकेका छैनन् । ‘केजीएफ’ निर्देशक नील र प्रभासले ‘सालार’ फिल्मबाट एकैसाथ काम गर्न लागेका हुन् । फिल्ममा प्रभासको एक्सन अवतार देखिनेछ ।

‘सालार’ फिल्ममा प्रभाससँगै श्रुती हसन, जगपति बाबु र पृथ्वीराज सुकुमारनको मुख्य भूमिका छ । फिल्मलाई सन् २०२३ मा प्रर्दशन गरिने छ ।