२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजार लगातार गिरावट


234
Shares

काठमाडौं । शेयर बजारमा गिरावट आउने क्रम बिहीबार पनि जारी रह्यो ।

बजेट घोषणापछि लगातार चौथो दिन बजार निरासाजनक बनेको हो । बजार परिसूचक निरन्तर घटेर २१ सयको लाइनमा आइपुगेको छ ।

यसदिन पनि उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंक बराबरले झरेर २१ सय १२ मा आएर थामियो ।

कारोबार हिजोको तुलनामा सामान्य बढ्यो । बुधबार ४ वटा उपसमूहसम्म सकारात्मक रहेकोमा सामूहिक लगानी कोष नगन्य अंकले हरिया रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

दुबै बीमा समूहमा डेढ सय अंक हाराहारीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले घटे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको ३५ लाख ६६ हजार कित्ता शेयर १ अर्ब १६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।