
एजेन्सी । दक्षिण अफ्रिकाबाट सुरु भएको मंकीपक्स बेलायतसम्म फैलिएको छ ।
बेलायतमा पछिल्लो समय मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् ।
योसँगै बेलायत मंकीपक्सबाट संक्रमितको संख्या १ सय ७९ जना पुगेको बेलायतको स्वास्थ्य सुरक्षा निकाय (यूकेएचएसए) ले जनाएको छ ।
संक्रमण बढेसँगै सरकारले नयाँ निर्देशिका पनि जारी गरेको छ । मंकिपक्स भएका जो कोहीसँग सम्पर्कबाट टाढा रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।
संक्रमणको जोखिम न्यून रहेको तर, मानिसहरू नयाँ दाग वा घाउँप्रति सर्तक हुनुपर्नेे सुझाव दिएको छ । शरीरमा रातो फोका देखिनु र हल्का ज्वरो आउनु मंकीपक्स संक्रमणका लक्षण हुन् ।
भाइरस संक्रमित र उनीहरूको सम्पर्कमा रहेकालाई २१ दिनसम्म घरमा अलग्गै बस्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्