२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैतडीमा २ जनाको मृत्यु


169
Shares

बैतडी । बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ।

बैतडीको पाटन नगरपालिका-६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको बिहीबार साँझ बान्नरो भीरबाट लडेर मृत्यु भएको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका-६ का वडा अध्यक्ष राजेन्द्रसिंह विष्टले बताउनुभयो । मृतक अवस्थी छारे रोगबाट पीडित रहेकाे बुझिएको छ ।

त्यस्तै, सिगास-१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरी बजारनजिकै बिहीबार मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिनुभयो । घटनास्थलको मुचुल्का बनाएर मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

घटनाकाे विषयमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएकाे छ ।