
Web Pic
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुवामा बिहीबार राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बाँकेकै खजुर गाउँपालिका–५ का ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सहित चालकलाई अस्थाई प्रहरी पोष्ट हबल्दारपुर बाँकेले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्