११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अमेरिका र क्यानडाबीचको सीमा थप एक महिना बन्द


0
Shares

एजेन्सी, बैशाख ७ । अमेरिका र क्यानडाको सीमा क्षेत्र थप एक महिना बन्द गरिने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले शनिबार सीमा क्षेत्र थप ३० दिन बन्द गर्ने जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण बढेपछि गत एक महिना यता दुई देशबीचको सीमा क्षेत्र बन्द गरिएको छ ।

यद्यपि, अत्यावश्यक सेवाका व्यक्ति र ढुवानीवाहक गाडीलाई रोक लगाइने छैन । अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाज चलिरहेका छन् ।

अमेरिकाले आन्तरिक र बाह्य यात्रामा ३० जुनसम्म प्रतिबन्ध लगाएकाले क्यानडाले पनि सीमा बन्द गर्ने निर्णय गरेको हो ।