११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


जापानमा विज्ञहरुले दिए स्वास्थ्य प्रणाली ध्वस्त हुनसक्ने चेतावनी


0
Shares

एजेन्सी, बैशाख ७ । जापानका चिकित्सकहरुले कोरोना भाइरसको महामारीले मुलुकको स्वास्थ्य सेवा प्रणाली नै ध्वस्त हुन सक्ने चेतावनी दिएका छन् ।

कोरोनाका बिरामी कै कारण अरु केही गम्भीर बिरामीलाई पनि इमर्जेन्सी उपचार कक्षमा राखेर उपचार गर्न नसकिने अवस्था आएको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

शुरुवातमा नियन्त्रित जस्तो देखिएपनि जापानमा अहिले संक्रमितको संख्या १० हजार नाघिसकेको छ भने दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

जापानको जनरल प्राक्टिसनर सर्जरीजका डाक्टरको समूहले कोरोना भाइरसका बिरामी परीक्षणमा सहयोग गरिरहेको अधिकारीहरुले बताएका छन् । उक्त समूहका सहायक प्रमुख कोनोसिन टामुराले मुलुकको स्वास्थ्य प्रणाली बचाउन आफूहरुले यस्तो प्रयास गरिरहेको बताए ।

उनले अहिले सबैले सहयोगको हात अघि बढाउनु जरुरी रहेको भन्दै अन्यथा, मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त हुने चेतावनी दिए ।