२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अध्यक्ष दाहाल भेट्न खुमलटार पुगे गृहमन्त्री खाँण


1.352k
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

शनिबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा भएको भेटवार्तामा समसामयिक राजनीति, संघीय संसदमा पेश भएको आर्थिक वर्षको बजेट, सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको थियो ।

भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको बताइएको छ ।

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेश गर्ने तयारी गरेको छ ।

यस विषयमा सरकारको तयारीबारे गृहमन्त्री खाँणले अध्यक्ष दाहाललाई जानकारी गराउनुभएको थियो ।