१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सोलुखुम्बुमा मोबाइल नेटवर्कमा समस्या, टेलिकम बेखबर


117
Shares

सोलुखुम्बु । जिल्लमा केही दिनदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ ।

करिब तीन दिनयता टेलिकमको मोबाइल नेटवर्कमा फोन लाग्न गाह्रो हुने, आवाज प्रष्ट नसुनिने, फोन काटिने लगायतका समस्या देखिएको प्रयोगकर्ताहरूको गुनासो छ ।

घाम लागेको समयमा केही कम भए पनि मौसम धुम्मिएसँगै नेटवर्कको समस्या बढी देखिने गरेका छन् ।

जिल्लाको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा देखिएको उक्त समस्या सोताङ, नेले, गोरा, टाप्टिङ लगायतका स्थानहरुमा पनि देखिएको प्रयोगकर्ताहरूको भनाइ छ ।

तर, नेपाल टेलिकम शाखा कार्यालय सल्लेरी भने समस्याको विषयमा बेखबर देखिएको छ ।

जिल्लाको सोताङ क्षेत्रमा चट्याङका कारण ल्यान्डलाईन टेलिफोनमा खराबी आए पनि मोबाइल नेटवर्कमा आएको समस्याबारे जानकारी नरहेको सल्लेरी शाखाका प्रमुख महमद हकबर अलीले बताउनुभयो ।

प्राविधिकहरूसँगको समन्वयमा समस्या पहिचान गरी समाधान गरिने प्रमुख उहाँको भनाइ छ ।