
काठमाडौं । मधेस प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।
प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार नै स्वीकृत गरिसकेको छ ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ ।
प्रदेश सरकारले असार १ गते नै बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेस प्रदेश सरकारले पनि सोही दिन आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्