
काठमाडौं । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मध्यपुर थिमि नगरपालिका–१ मनहरा सुकुम्बासी टोलमा शनिबार दिउँसो तार मिलाउने क्रममा करेन्ट लागेर ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनको आफ्नै एक तले घरमा ढलान गर्न ढलानको तार मिलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
घाइते भएका उनको समिट अस्पतालमा उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको पाण्डेले बताउनुभयो ।
घटनाको प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्