
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई एमाले सचिवालयले स्पष्टीकरण सोध्ने भएको छ ।
अनुशासन आयोगको सिफारिसमा भूसाललाई स्पष्टीकरण सोध्ने तयारी गरिएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक रुपमा आलोचना गरेर अनुशासन भंग गरेको भन्दै शनिबार एमाले अनुशासन आयोगले भूसाललाई कारबाहीको सिफारिस गरेको थियो ।
भूसालको चिक्त बुझ्दो जवाफ नआए कारबाही गर्ने तयारी गरिएको छ ।
भूसालमाथि पार्टीका विरुद्ध, अध्यक्ष ओलीविरुद्ध, पार्टी नीतिविरुद्ध र पार्टीको महाधिवेशनविरुद्ध काम गरेको पाइएको अनुशासन आयोगले सचिवालयलाई गराएको जानकारीमा उल्लेख छ ।
अध्यक्ष ओलीको कार्यशैलीमाथि सुरुदेखि नै प्रश्न उठाउँदै आउनुभएका भूसालले गत जेठ ८ गते एक टिभी अन्तवार्तामा ओलीको आलोचना गर्नुभएको थियो । स्थानीय तहको निर्वाचनमा ओलीको कार्यशैली असफल भएको उहाँको टिप्पणी थियो ।
प्रतिक्रिया दिनुहोस्