१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सूर्याले विना पारिश्रमिक काम गरेको फिल्म ‘विक्रम’ ले कमायो २ दिनमा १ सय करोड


25.116k
Shares

एजेन्सी । दक्षिण भारतका सुपरस्टार कमल हसन, विजय सेथुपति र फहाद फासिलद्वारा अभिनित फिल्मले २ दिनमा विश्व बजारमा १ सय करोड कमाएको छ ।

लामो समयपछि अभिनयमा फर्किएका कमल हसनको यो क्राइम एक्सन थ्रिलर फिल्म हो । फिल्ममा अभिनेता कमल हसन, विजय र फहादको अभिनयलाई दर्शकले उत्तिकै मन पराएका छन् । फिल्ममा ३ जनाको दमदार अभिनय बाहेक छोटो भूमिकाबाट नै अभिनेता सूर्यले आफ्नो प्रभाव छाडेका छन् ।

सूर्याले फिल्ममा ५ मिनेटको केमियो (अतिथि) भूमिका निभाएका छन् । फिल्ममा ५ मिनेटको मात्रै भूमिका भएपनि उनले त्यसका लागि कडा मेहनत गरेको देखिन्छ । तर, अचम्मको कुरा के छ भने उनले फिल्म ‘विक्रम’ मा अभिनय गरेबापत कुनै पारिश्रमिक भने लिएका छैनन् । भारतीय सञ्चार माध्यामका अनुसार सूर्यालाई कमल हसनसँग काम गर्न इच्छा पहिले देखि रहेको र अहिले आफ्नो इच्छा पुरा भएको खुशी व्यक्त गर्दै फिल्ममा काम गरेवापत कुनै पारिश्रमिक नलिएका हुन् ।
निर्देशक लोकेश कन्गाराजले फिल्म ‘विक्रम’ लाई निर्देशन गरेका हुन् ।

फिल्मलाई गत शुक्रबार देखि सिनेमा हलहरूमा प्रर्दशन गरिएको थियो । फिल्मले प्रदर्शन भएको पहिलो दिन विश्व बजारमा कुल ५८ करोड भारतीय रुपैयाँ कमाएको थियो भने दोस्रो दिन कुन ४२ करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्मले २ दिनमा विश्व बजारमा कुल १ सय करोड भारतीय रुपैयाँ कमाएको छ ।