२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जिल्ला समन्वय समिति सोलुखुम्बुमा कांग्रेस निर्विरोध


169
Shares

सोलुखुम्बु । जिल्ला समन्वय समिति सोलुखुम्बुमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ ।

नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कँंग्रेसबाट मात्र नौ जनाको उम्मेदवारी परेपछि सबैजना निर्विरोध निर्वाचित हुने भएका छन् ।

जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका पुराना नेता कृष्णप्रसाद निरौला र उपप्रमुखमा टीकामाया मगर निर्विरोध हुनुभएको हो ।

त्यस्तै, खुला सदस्यमा नारायणप्रसाद निरौला, सोमराज केसी, धर्मध्वज बस्नेत, महिला सदस्यमा कमला नाछिरिङ राई, सीताकुमारी बस्नेत, हिरामाया कामी, अल्पसंख्यकबाट पेम्बा शेर्पाको मनोनयन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आठ वटा स्थानीय तह रहेको जिल्लामा पाँच वटा पालिकामा जित हासिल गरेको कांग्रेसले जिल्ला समन्वय समितिमा एकल उम्मेदवार दर्ता गराएको थियो । जिल्ला समन्वय निर्माणका लागि नौं मत आवश्यक पर्नेमा १० मत काँग्रेससँग रहेकाले अन्य पार्टीले उम्मेदवार नदिएपछि कांग्रेसले एकल समिति बनाएको हो ।

संयोजक निरौला वि.स.२०३६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै २०४३ को गाउँ पञ्चायतमा निर्वाचित हुनुभएको थियो । २०५४ सालको सम्पन्न स्थानीय निकायको निर्वाचनमा साविक पञ्चन गाविसको उपाध्यक्ष बन्नुभएका निरौला कांग्रेसको १२ औँ जिल्ला अधिवेशनबा जिल्ला उपसभापतिमा निर्वाचित भई कांग्रेस सोलुखुम्बुको कार्यबाहक सभापति भएर पार्टीको नेतृत्व गर्नुभएको थियो ।

त्यस्तै, समन्वयको उप प्रमुखमा सोलुदुधकुण्ड ३ बाट वडा सदस्यमा निर्वाचित टिकामाया मगर निर्विरोध भएकी छिन् । बाँकी रहेका ७ सदस्यमा नारायणकुमार निरौला, धर्मध्वज बस्नेत, पेम्बा शेर्पा, सोमराज केसी, हिरामाया विक, सितामाया बस्नेत र कमला नाछिरिङ रहेका छन् ।