११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


युद्ध जितेझै भइरहेछः कैलालीका कोरोना विजित युवा


0
Shares

धनगढी, बैशाख ७ । सेती प्रादेशीक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवा उपचार सफल भएपछि घरतर्फ लागेका छन् । लगातार दोस्रो पटक पनि रिपोर्ट नेगेटिभ आएपछि उनलाई आइतबार डिस्चार्ज गरिएको हो ।

कैलाली लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय कोरना संक्रमित युवक १६ दिन अस्पताल बसेपछि आइतबार घर फर्किएका हुन् । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेसु हेमराज पाण्डेले जानकारी दिए ।

युवकलाई प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र अस्पतालका डाक्टरहरुले फूल दिएर बिदाइ गरेका थिए । उनलाई अस्पतालकै एम्बुलेन्समा घर पठाइएको हो ।

युवकले आफूलाई ठूलो युद्ध जितेर फर्किएको महशुस भएको प्रतिकृया दिएका छन् । अस्पताल बसाइको १६ दिनमा रोगले भन्दा पनि सामाजिक कारणले मानसिक तनाव थपिएको पनि बताए ।

भारतबाट चैत ११ गते नेपाल आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

अब सेती अस्पतालमा अरु चार जना संक्रमितको उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।