११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


क्यानडामा गोली हानेर १० जनाको हत्या


0
Shares

काठमाडौं, बैशाख ८ । क्यानडामा एक ग्रामिण क्षेत्रमा गोली हानेर दश जनाको हत्या गरिएको छ ।

क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा प्रहरीको पोशाक लगाएका एकजना बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेको हो ।

प्रहरी कारवाहीमा आक्रमणकारी पनि मारिएका छन् । आक्रमणकारी भने १२ घण्टाको प्रयासपछि मारिएका हुन् । घटनामा मारिनेको संख्या अझै बढ्नसक्ने अनुमान प्रहरीको छ ।

नोवा स्कोटियाको ग्रामिण शहर पोर्टापिकमा बन्दुकधारी शनिबार राति घुसेको सूचना पाएपछि प्रहरीले स्थानीयलाई घरबाट बाहिर ननिस्किन भनिएको थियो । प्रहरीबाट भाग्दै, लुक्दै बन्दुकधारीले आइतबार धेरै स्थानमा गोली हानेर १० जनाको हत्या गरेको बीबीसीले जनाएको छ ।

आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको र प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री जस्टिज ट्रुडोले घटनालाई ‘निकै दुःखद’ को संज्ञा दिएका छन् । नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले भने प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक हो भनेका छन् ।

व्यक्तिगत रुपमा बन्दुक राख्ने कानुन छिमेकी अमेरिकामा भन्दा निकै कडा रहेको क्यानडामा गोलीकाण्डका घटना कमै हुने गर्दछन् ।