
काठमाडौं । १६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा बाँकेमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन् ।
१७ वर्षीय हेमराज थारुको पीडित किशोरीसँग चिनजान र प्रेम सम्बन्ध थियो । उनले आफ्नो जन्मदिन मनाउन भन्दै किशोरीलाई भेट्न बोलाएका थिए । बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा भेट्न आएकी किशोरीलाई हेमराज लगायत उनका अन्य ६ जना साथीहरुले शनिबार राति सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
किशोरीलाई मदिरा खुवाई शुरुमा मानखोलाको जंगल र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पु¥याउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता लागेको थियो ।
अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्