१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थपिए २१ जना कोरोना संक्रमित


117
Shares

काठमाडौं । देशभर २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ३ हजार २ सय ४८ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार ८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।