
काठमाडौं । वातावरणमा परेको असरले ठूलो क्षति भइरहेको भन्दै विज्ञहरुले तीनै तहका सरकार, नागरिक र सरोकारवाला निकायहरु संरक्षणमा गम्भीर बन्नुपर्ने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले विश्व वातावरण दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा उहाँहरुले वातावरण जोगाउन सबैले महत्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालसहित संसारमै प्रकृतिमाथि अपमान भइरहेको र शहरी समस्याको व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संरक्षित क्षेत्रबाट मानव अधिकार हनन भइरहेको बारे आयोगको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले वातावरणको क्षेत्रमा पनि आयोगले काम गरिरहेको भन्दै वातावरणमा परेको असरका बारेमा सरकारलाई ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो ।
त्यस्तै, सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले वातावरण परिषद्मा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री लगायतका पदाधिकारीहरु रहेको र यसले कुनै काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्