१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट


156
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबिच भेट भएको हो ।

डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी(डिआइपिडि)का कार्यकारी निर्देशक लिस्बेथ पिलेगार्डको नेतृत्वमा आएको डेनिस प्रतिनिधिमण्डलको टोलीमा डेनमार्कको सोसल लिबरल पार्टीकी नेतृ कार्ल हालभर्सन, डिआइपिडिका सहयोग र विकास प्रमुख म्याथिएस पार्सबेक स्कीबदल र नेपाल प्रतिनिधि श्रृष्टि राणा हुनुहुन्थ्यो ।

भेटका क्रममा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभएको तथा शिक्षा, उर्जा, सुशासन र विकेन्द्रिकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले डेनमार्कको सुशासनबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।