२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बर्दियामा जंगली जनावरको आक्रमण, सुरक्षाको माग गर्दै स्थानीय आन्दोलित


169
Shares

बर्दिया । जंगली जनावरको आक्रमण नरोकिएपछि बर्दियाको मधुवन नगरपालिकाका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण नरोकिएपछि उनीहरु सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार मधुवन–२ छोट्की सोनाहा निवासी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएपछि स्थानीयले सुरक्षाको माग गर्दै आन्दोलन गरेका हुन् ।

केही दिन अघि पनि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन–२ की कौसिला पालको मृत्यु भएको थियो । मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमण नरोकिएपछि बाघ अनुगमन गर्न निकुञ्जलाई अनुरोध गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो ।

आक्रमण गर्ने बाघको पहिचान गरी स्थानान्तरण गर्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।