६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


494
Shares

काठमाडाैं । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ।

आज (मंगलबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशमा सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा आंशिक बदली भई प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मंगलबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  सामान्यदेखि पूर्ण बदली हुनेछ । बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। साथै प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मंगलबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।