
काठमाडौं । पूँजी बजार सुधारको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
बजार सुधारको माग गर्दै प्रदर्शनमा उत्रेका लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पूँजी बजार सुधारको माग गर्दै मंगलबार पूँजी बजार सुधार संघर्ष समितिले नेपाल स्टक एक्सचेन्जको कार्यालय सिंहदरबार अगाडि गरेको प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले लगानीर्ताहरुलाई पक्राउ गरेको हो ।
पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालासहित ५ जना लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले कोइरालासहित लगानीकर्ताहरु नवराज उप्रेती, सीताराम सञ्जेल, नानीबाबु खरेल र पासाङ शेर्पालाई पक्राउ गरेको हो । हाल पक्राउ परेका सबैलाई सिंहदरबार वडा प्रहरी कार्यालयमा राखिएको छ ।
प्रहरीले नेप्से अगाडि प्रदर्शन गर्न नपाइने भन्दै प्रदर्शनमा रोक लगाएको थियो । प्रदर्शन गर्न माइतीघरमा जान भने पनि लगानीकर्ताहरुले आफ्नो कुरा नमानेपछि नियन्त्रणमा लिनुपरेको प्रहरीको दाबी छ ।
लगानीकर्ताहरुले पूँजी बजार सुधारका लागि भन्दै विभिन्न १९ बुँदे माग राखी हिजोदेखि आन्दोलन थालेका थिए ।
प्रतिक्रिया दिनुहोस्