११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


0
Shares

काठमाडौं, बैशाख ८ । राष्ट्रपति विद्या भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवलाय बैठक सकाएर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितल निवास गएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नेकपाको सचिवालय बैठक सकाएर राष्ट्रपतिलाई भेट्न शितल निवास गएको सञ्चारमाध्यमलाई जानकारी दिएका हुन् ।

यसअघि आजै (सोमबारै) सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन् ।

जसमा राजनीतिक दल विभाजनलाई खुकुलो बनाउने अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दलका नेताको उपस्थिति अनिवार्य नहुने सम्बन्धि अध्यादेश रहेको छ ।