१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विवाह बन्धनमा बाँधिदै नयनतारा


1.56k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री नयनतारा यही जुन ९ मा विवाह बन्धनमा बाँधिने भएकी छन् ।

भारतीय सञ्चारमाध्यामका अनुसार दक्षिण भारतकी चर्चित अभिनेत्री नयनताराले फिल्म निर्माता विग्रेश शिवनसँग विवाह गर्न लागेकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नयनतारा र विग्रेशले प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

नयनतारा र विग्रेशले महाबलीपुरमको एक रिर्सोटमा विवाह गर्ने भएका छन् । पत्रकार सम्मेलनमा विग्रेशले यसअघि तिरुपति मन्दिरमा विवाह गर्न लागेको भए पनि लोजिस्टिक्स समस्याका कारण विवाहको स्थान परिर्वतन गरेको बताए ।

नयनतारा र विग्रेशको विवाहमा परिवार, नजिकका आफन्त र केही साथीहरू मात्रै सहभागी हुनेछन् । विवाहपछि ११ जुनमा नयनतारा र विग्रेश मिडियासँग भेट्नेछन् ।

समाचारका अनुसार नयनतारा र विग्रेशको विवाहलाई फिल्म निर्माता गौतम मेननले निर्देशन गर्नेछन् । जसलाई डकुमेन्ट्री (वृत्तचित्र) बनाएर ओटीटी प्लेटफर्ममा बेचिनेछ । नयनतारा र विग्रेशको विवाहको डकुमेन्ट्री ठूलो रकममा बेचिने बताइएको छ ।

नयनतारा र विग्रेश सन् २०१५ देखि प्रेम सम्बन्धमा थिए । फिल्म ‘नानुम राउडी धान’ मा सँगैकाम गरे देखि उनीहरूको प्रेम कसिलो हुँदै गयो । सन् २०१६ मा दुबैले एक अवार्ड कार्यक्रममा आफ्नो सम्बन्धबारे पुष्टि गरेका थिए ।