
काठमाडौं, बैशाख ९ । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बस्दै छ ।
पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने बैठकमा विहान ९ बजे उपस्थित हुन सबै पदाधिकारीलाई खबर गरिएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल हुनेछ ।
सरकारले भने दुबै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गराएर नेपाल राजपत्रमा समेत प्रकाशित गरिसकेको ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलका नेताको सहभागिता बिना नै संवैधानिक परिषदको बैठक बस्ने र निर्णय गर्न सक्ने प्रावधान राखिएको छ ।
यसलाई कांग्रेसले संविधानमाथिको प्रहार भनेको छ भने अरु दलले पनि यो अध्यादेशको तीब्र आलोचना गरेका छन् ।
यस्तै राजनीतिक दलसम्बन्धी अध्यादेशमा दल विभाजनका लागि खुकुलो व्यवस्था राखिएपछि स्वयं सत्तारुढ दलमा नेताहरुले प्रधानमन्त्रीको कदमको आलोचना गरका छन् ।
प्रतिक्रिया दिनुहोस्