६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपालले मलेसियालाई दियो ८७ रनको लक्ष्य


143
Shares

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आयोजक मलेसियालाई जितका लागि ८७ रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभलमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनायो ।

नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६, सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३र३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् ।

मलेसियाकी नुर डानिया अब्दुल सामदले २ तथा एलिस हुन्तरले एक विकेट लिइन् ।